site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धन बैठक बस्दै, आज सहमति जुटाउने दाबी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । 

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए ।

धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले जानकारी दिएका छन् । 

Global Ime bank

यही वैशाख ३० गते स्थानीय तहका निर्वाचन हुँदै छ । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement