site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानविरुद्ध खेल्दै नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरणको सम्भावना समाप्त भइसकेकाले नेपालका लागि आजको खेल प्रतिष्ठाको मात्र हुनेछ । 

पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको थियो । अफगानिस्तानको भने अघिल्लो चरण पुग्ने झिनो सम्भावना बाँकी छ । अफगानिस्तानले नेपाललाई फराकिलो अन्तरमा हराउँनुका साथै उज्वेकिस्तानले ताजकिस्तानलाई हराइदियो भने अफगानिस्तानको सम्भावना कायम रहन्छ । त्यसैले नेपालका लागि यो प्रतिष्ठाको खेल भए पनि अफगानिस्तानका लागि भने महत्वपूर्ण छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगानिस्तानले पहिलो खेलमा ताजकिस्तानसँग ४–४ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । आजै उज्वेकिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । 

नेपालले अफगानिस्तानविरुद्ध किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा दिउसो १ः४५ बजे खेल्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement