site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । खुमलटार युथ क्लबले आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ । 

आइतबार सम्पन्न अन्तिम चरणको खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई ‘हेड टू हेड’का आधारमा पछि पार्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । १२औँ चरणको खेल सकिँदा आरसीटी २१ अंकका साथ दोस्रो स्थानमा थियो । खुमलटार युथ १९ अंकका साथ तेस्रो स्थानमा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार दशरथ रंगशालामा आरसीटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्यो भने खुमलटारले सामाजिक युथलाई २–१ ले हरायो । यससँगै दुवै टोलीको समान २२ अंक भएको थियो । तर ‘हेड टु हेड’का आधरमा खुमलटार शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

खुमलटारले पहिलो खेलमै आरसीटीलाई ३–१ ले हराएको थियो । २०६१ सालमा स्थपना भएको खुमलटार २०७० मा ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा उक्लिएको हो ।  

Global Ime bank

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा खुमलटारले १४औँ मिनेटमा अग्रता लिएको थियो । ५७औँ मिनेटमा सुरेश खत्रीले बराबरी खेल फर्काएका थिए । सामाजिक युथले खुमलटारसँग बराबरी खेल्दै ‘बी’ डिभिजनमा रहने संकेत गरेको थियो । तर अन्तिम मिनेटमा विकाश लिम्बुले आत्मघाती गोल गरेपछि सामाजिक युथ ‘सी’ डिभिजन लिगमा रेलिगेट भयो भने खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लियो । 

यसअघि चर्च ब्वाइज युनाइटेडले एक खेलअघि नै ‘ए’ डिभिजन लिगमा स्थान पक्का गरिसकेको थियो । चर्च ब्वाइजले १३ खेलबाट २९ अंक जोडेर ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ । 

सामाजिक युथ र झम्सिखेल युथ भने ‘सी’ डिभिजन लिगमा झरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय