site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले विराटनगरले चैत २६ गते सबै उमेदवारको नाम सिफारिस गर्ने 
Siddhartha BankSiddhartha Bank

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले चैत २५ गते स्थानीय तहका उमेदवारको नाम सिफारिस गर्न सबै वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले महानगर कमिटीको आज बसेको बैठकले चैत २५ गते एकैदिन सबै वडा कमिटीबाट आकांक्षी उमेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

बैठकले चैत २६ गते महानगर कमिटीको बैठक बसेर महानगर प्रमुख र उपप्रमुखसहित सबै वडाका उमेदवारको नाम उपल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

Agni Group
NIC Asia

यसैगरी निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी, प्रचार प्रसार, आर्थिक परिचालन कमिटीलगायत आवश्यक समिति गठनको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको महानगर सचिव रोहित कोइरालाले बताए ।

बैठकले महानगरको घोषणापत्र निर्माणका लागि अध्यक्ष तथा सचिवको  समन्वयमा आवश्यक निकायसंग सुझाव लिएर तयार गर्ने जिम्मेवारी दिएको छ । यस्तै महानगरलाई चारवटा क्लस्टर बनाई छुट्टाछुट्टै नगरका रूपमा निर्वाचनमा खटिन संयोजक समेत तोकेको छ ।

Global Ime bank

महानगर अध्यक्ष सागर थापाकाअनुसार विराटनगरका १९, १, २, ३ र ४ वार्डलाई पुष्पनगर नामाकरण गर्दै उपसचिव नवराज नेपाललाई संयोजनको जिम्मेवारी दिएको छ भने ५, ६, ११ र १२ लाई मदन नगर नामाकरण गरिएको छ । त्यहाँको संयोजन सचिव कोइरालाले गर्ने भएका छन् ।

मनमोहन नगर नामाकरण गरिएको ७, ८, ९ र १० वडालाई महानगर उपाध्यक्ष शिल्पा कार्की र  रानी मजदूर नगर भनिएको १३ देखि १८ सम्मको वडाको संयोजन उपसचिव जयप्रकाश महतोले गर्नेछन् । 

एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा पण्डितसँगै एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य तथा खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतलगायतले निर्वाचन लक्षित धारणा राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय