site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्कले २ अर्ब बढीको ट्विटरको सेयर किनेलगत्तै कम्पनीको मूल्य २५ प्रतिशतले वृद्धि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ठुलो हिस्सा सेयर खरिद गरेका छन् । केही समय अगाडि मात्र ट्विटरकै नीतिबारे आलोचना गरेका मस्कले यसैको ९.२ प्रतिशत स्टक किनेर सबैलाई आश्चर्यमा पारेका हुन् ।

ट्विटरले स्वतन्त्र बोलीको नीति अपनाउन नसकेको भन्दै मस्कले विभिन्न आलोचनात्मक टिप्पणी गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तोमा मस्कसँग अब ट्विटरको ७ करोड ३४ लाख भन्दा बढी सेयर भएको छ । यो भनेको २.८९ अर्ब डलर बराबरको सेयर हो ।

उनले ट्विटरमाथि सबैको साझा सञ्जाल भएर पनि स्वतन्त्र बोलीको अधिकार पूर्ण रूपमा निभाउन नसकेको र लोकतन्त्रको अवहेलना गरेको आरोप लगाएका थिए । यति मात्र नभएर उनले समाधानमा के गर्ने होला भन्ने प्रश्न समेत राखेका थिए । 

Royal Enfield Island Ad

मस्कले ट्विटरको सेयरमा हात हाल्नासाथ केही न केही उतारचढाव हुनेछ भनेर लगानीकर्ताहरू पर्खाइमा थिए । र, वास्तवमै यो खबर बाहिरिनासाथ कम्पनीको सेयर मूल्य २५ प्रतिशतले बढेको छ । 

मस्क ट्विटरका नियमित प्रयोगकर्ता पनि हुन् । उनी यसमा दैनिक सक्रिय रहेर ट्विट गर्ने गरेका छन् भने उनका ८ करोड भन्दा धेरै फलोअरहरू छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro