काठमाडौं । तीन जना डीआईजीहरू एआईजीमा बढुवा भएपछि असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् ।
आज बिहान बसेको मन्त्रिपरिषद वैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की रिट निवेदन बोकेर सर्वोच्च पुगेको बताइएको छ । अर्का डीआईजी ईश्वरबाबु कार्कीले आफू पनि सर्वोच्च जाने तयारीमा रहेको बताए । यसअघि तीनजनै डीआईजीहरूले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो ।
बढुवाविरुद्ध कानुनी प्रक्रियामा जाने तीनजनै डीआईजीहरू हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनीहरू आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् ।