काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा घण्टौँ हुने लोडसेडिङ हटाउन नेकपा (माओवादी केन्द्र)को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बुधबार चितवनमा भएको एक कार्यक्रममा उनले माओवादीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कर्याकारी अधिकृत बनाएसँगै लोडसेडिङ अन्त्य भएको दाबी गरे । कार्यक्रमको मञ्चमै रहेका घिसिङप्रति संकेत गर्दै उनले आफूले गरेको निर्णयमा गर्व लागेको बताए ।
“देशमा विद्युतीकरणसम्बन्धी योग्य अफिसरलाई विद्युत् प्राधिकरणमा राखेपछि आश्चर्य भयो । लोडसेटिङबाट आक्रान्त भएको देश लोडसेडिङमुक्त भयो । यो निकै ठूलो उपलब्धि थियो,” प्रचण्डले भने, “हामीले लिएको निर्णयप्रति म गर्व गर्न चाहान्छु । अहिले एउटा त्रान्तिकारी परिवर्तनले देशमा विकास र समृद्धिले नयाँ गति लिदन थालेको छ ।”
उनले देशमा विद्युत् ‘सरपल्स’मा रहेको भन्दै विदेशमा ऊर्जा बेच्ने अवस्था आएको दाबी गरे । केही वर्षभित्रै देशका जनतालाई नयाँ उचाइमा पुर्याइने उनले उल्लेख गरे ।