site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसएल विवाद : निजी क्षेत्र विकर्षित भए फुटबललाई नै घाटा !
एनएसल : फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले चैत १० गते अचानक रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरूप्रति पूर्वाग्रही बनेको र आफ्नो माग सम्बोधन गरेर प्रतियोगिता संचालनका लागि सहजीकरण नगरे नेपाल सुपर लिग (एनएसएल) नै गर्न नसक्ने चेतावनी दिएको छ ।

यससँगै अब प्रतियोगिता नै हुन्छ कि हुदैन भन्ने संशय बढेको छ । कोभिड–१९ महामारीकाबीच पहिलो संस्करण भव्यतापूर्वक सम्पन्न गरेको एनएसएल दोस्रो संस्करणसम्म आइपुग्दा हुने/नहुने भन्ने आशंका उत्पन्न भएको छ ।

यदि प्रतियोगिता भएन भने राजनीतिक रूपले केही व्यक्ति वा पदाधिकारीलाई तत्कालका लागि फाइदा होला । तर दीर्घकालिन रूपमा भने यसले फुटबललाई ठुलो असर गर्न सक्छ । विशेषगरी फुटबलमा नीजि क्षेत्र विकर्षित हुन सक्ने सम्भावना बढेको छ । त्यसको असर भविष्यमा फुटबले बेहोर्नुपर्छ । 

KFC Island Ad
NIC Asia

“हामीले फुटबलमा निजी क्षेत्रको आगमन भएन भन्छौँ । अहिले उहाँहरू कुनै न कुनै माध्यमबाट फुटबलसँग जोडिन लाग्नु भएको छ । फुटलबमा लगानी गर्न थाल्नुभएको छ । उहाँहरू पछि हट्नुभयो भने त्यसले दीर्घकालिन रूपमा कतै त कतै नेपाली फुटबललाई घाटा नै लाग्छ,” स्पोर्टिङ इलाम दी मेचीका प्रशिक्षक मेघराज केसीले भने, “खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई त सिधै मर्का पर्ने कुरा हो । ए डिभिजन लिगहरूलाई पनि घाटा नै लाग्छ । प्रतियाोगिता सञ्चालनमा केही कमी कमजोरी होलान् । त्यसलाई सच्चाएर एनएसएललाई निरन्तरता दिनु आवश्यक छ ।” 

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूले आफूसँग अनुबन्ध भएका खेलाडीलाई विना जानकारी एनएसएलको अक्सनमा सूचीकृत गरिएको भनेर विरोध गरेका थिए । उनीहरूको विरोधपछि एन्फाले तत्काल अक्सन नगर्नु भनेर एनएसएललाई भनेको थियो । तर एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले आफूले औपचारिक पत्र प्राप्त नगरेको भन्दै अक्सन गरायो । 

त्यसपछि एन्फाले एनएसईएमलाई स्पष्टीकरण सोधेको थियो । ‘ए’ डिभिजन लिगका क्लबहरूले निरन्तर विरोध गरेपछि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा सात सदस्सीय विवाद समाधान कार्यदल बनाएको थियो । चैत ९ गते बसेको कार्यदल बैठकले चार महत्वपूर्ण निर्णय गरेको थियो । उक्त निर्णयमा दोस्रो संस्करणसँगै एन्फा र एनएसईएमबीचको सम्झैता स्वत रद्द हुने, खेलाडी ट्रान्सफर क्लबहरूको आपसी समझदारीमा गर्ने, प्रतियोगिता चैत २५ गतेबाट जेठ १ गतेसम्म गर्ने, खेलाडी र क्लब दर्ता एनएसएल आफैँले गर्ने छन् । त्यससँगै एनएसएलमा आबद्ध दस क्लब र आयोजक एनएसईएमले चैत १० गते विज्ञप्ति निकालेर एन्फाको निर्णयप्रति आपत्ति जनाएका थिए ।

‘‘केही ए डिभिजन लिगका क्लबहरूको मागलाई सुनुवाइ गर्नु र वार्ताको माध्यमबाट समस्या समाधान गर्नपर्छ भनेर हामीले निरन्तर त्रिपक्षीय वार्ताका लागि अनुरोध गर्यौं । तर कुनै पनि वार्ता समयमा हुन नसक्नु र टास्क फोर्स निमार्ण गरी यस विषयलाई समाधान गर्न धेरै ढिलो हुन गएको कारणले हामी आयोजक र १० क्लबको प्रतियोगिता तयारीमा ठुलो धनराशि खर्च भइसकेको छ,’’ विज्ञाप्तिमा भनिएको छ, ‘‘समय अभावका कारण खेलाडीहरूको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन असमर्थ भएका छौँ ।’’

एन्फाले दिएको मितिमा एनएसएल नहुने पक्का भएको छ । एनएसएलसँगै मोफसलमा प्रतियोगिताको मिति जुधाएको भन्दै उनीहरूले आपत्ती जनाएका थिए । त्यस लत्तगै नेपालले अब एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्ने छ । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

एन्फा उपाध्यक्ष बीरबहादुर खड्काले एनएसएल नहुँदा फुटबलमा केही असर परे पनि आयोजकले अटर गर्न नमिल्ने बताए ।

“उहाँहरू पछि हट्नुभयो भने स्वाभाविक रूपमा फुटबललाई घाटा त लाग्छ । तर अर्को पक्ष भनेको एन्फाको नियम नमान्ने भन्ने त हुदैन नि !,” उपाध्यक्ष खड्काले भने, “सम्झौतापत्रमा भएका केही प्रावधान सच्याउनुपर्छ भन्ने हाम्रो कुरा हो । त्यसकारण केही कुरा सच्चाएर जानुपर्छ । एन्फाले नै भनेको नमान्ने भन्ने कुरा चै हुँदैन ।” 

फ्रेन्चाइज क्लबका एक पदाधिकारी भने एनएसएलमा एन्फाको राजनीति मुछिएको बताउँछन् । जसका कारण नेपाली फुटबल ठुलो दुर्घटनातर्फ अघि बढेको उनको बुझाइ छ ।

 “यसलाई राजनीतिक महरा बनाइनु हुँदैनथ्यो । एउटा व्यक्ति केन्द्रित भएर राजनीति हुँदा फुटबल नै घाटा पुग्ने अवस्था आएको छ,” फ्रेन्चाइज क्लबका पदाधिकारी भन्छन्, “यसले भविष्यमा नेपाली फुटबलमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । फुटबलमा प्रयतियोगितहरू सञ्चालन हुने, क्लबहरू सञ्चालन हुने भनेकै प्रायोजनबाट हो । व्यावसायिक घरनाहरू कुनै कुनै रूपमा जोडिएका हुन्छन् । त्यसकारण व्यावसायिक रूपमा अघि बढ्न खोजेको नेपाली फुटबललाई ठुलो घाटा लाग्न सक्छ ।” 

एनएसएफ आफैँसँग चौधरी ग्रुप जोडिएको छ । अन्य दस क्लबसँग पनि नेपालका व्यावसायिक घरना जोडिएका छन् । उनीहरू फुटबलबाट पछि हट्ने अवस्था आए दीर्घकालीन रूपमा फुटबललाई असर पर्न सक्ने एन्फकै एक पदाधिकारी बताउँछन् ।

“एन्फाले नै गर्ने क्विक्स कप आयोजना गर्छ । त्यसबाट पनि चौधरी ग्रुप पछि हट्ने अवस्था आउन सक्छ । एनएसएलमा जति पनि क्लबहरू छन् । त्यसमा सबै नेपालका ठुला व्यापारिक घरनाहरू जोडिएका छन्,” उनले भने, “उनीहरूले फुटबलबाट मन मारे भने व्यावसायिक रूपमा बामे सर्दै गरेको नेपाली फुटबल नै असर गर्छ ।”

‘ए’ डिभिजन लिगका क्लबहरूले विशेषगरी दुई कुरामा विरोध जनाएका छन् । एनएसएलका क्लबहरूलाई फिफा/एएफसीसँग जोड्ने र खेलाडी ट्रान्सफर फिफा नियमअनुसार होस् भन्ने उनीहरूको माग थियो । जसमा एनएसएल पनि जारी भइसकेको छ । तर एन्फा पदाधिकारीहरू भने जेठ १५ गते हुने चुनावका लागि यसलाई कार्डका रूपमा प्रयोग गर्न अग्रसर छन् ।

“एएफसी र फिफासँगको कुरा चै हामीले खेलाडी ट्रान्सफरका लागि सहज होस् भनेर राखेका थियौँ । त्यसमा एन्फाले सहजीकरण गरिदियो भने हामीलाई कुनै आपत्ति छैन । हामी पहिलो बैठकमै त्यो बुदाँमा लचिलो हुन तयार छौँ भनेर भनेका हौँ,” एनएसएलका निर्देशक श्रेयाङ्स कार्कीले भने ।

कार्कीले एन्फसँग आफूहरूले सेप्टेम्बरका लागि नयाँ मिति मागेको बताएका छन् ।

“एन्फाले दिएको मिति त प्रतियोगिता गर्न सम्भव नै भएन । थोरै पछाडि सार्यौं भने राष्ट्रिय टिमको तयारीमा असर पर्छ । हामी त्यो समय जुधाउन चाहन्नौँ । त्यसैले सेप्टेम्बरका लागि हामीले समय मागेका हौँ,” कार्कीले भने, “त्यतिबेला दसैँ तिहार चाडको माहोल पनि हुन्छ । र एन्फालाई पनि ए डिभिजन लिगका क्लबसँग खेलाडी ट्रान्सफरको विवाद पनि समाधान गर्न समय मिल्छ । हामी जसरी भए पनि प्रतियोगिता गर्ने पक्षमा छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro