site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठक : प्रदेश सभापतिहरूले गठबन्धनको अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राख्ने 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले स्थानीय तह निर्वाचनसम्बन्धी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राख्ने भएका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकअघि काठमाडौंमा बसेको प्रदेश सभापतिहरूको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“स्थानीय तह निर्वाचनसम्बन्धी गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राख्छौँ,” उनले भने ।

आज पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

प्रदेश सभापतिहरूको ‘प्रोटोकल’ टुंगो लगाउने विषय पनि बैठकमा उठाउने उनले बताए ।

प्रदेश सभापतिहरूले केन्द्रीय बैठकमा आमन्त्रित सदस्यका रूपमा उपस्थित नहुने भन्दै यसअघि नै लिखित धारणा प्रस्तुत गरिसकेका छन् । आजको बैठकमा पनि आफूहरूका माग सम्बोधन गराउन ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

यसअघि, प्रदेश सभापतिले प्रदेशभित्र प्रतिनिधिसभा, प्रदेशसभा, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरूको नेतृत्व गर्ने भए पनि उनीहरूलाई केन्द्रबाटै टिकट वितरण हुँदा आफूहरू भूमिकाविहीन हुने भन्दै संसदीय बोर्ड, कार्यसम्पादन समिति र केन्द्रीय समितिमा पदेन सदस्यको भूमिका माग गरेका थिए ।

तर, सभापति शेरबहादुर देउवाले विधान संशोधनमार्फत उनीहरूले मागेको भूमिकालाई बेवास्ता गरी केन्द्रीय सदस्यमा आमन्त्रित सदस्यका रूपमा बोलाएका थिए । त्यसलाई अस्वीकार गर्दै प्रदेश सभापतिहरूले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu