राजनीति
काठमाडौं । नेकपा (एमाले)ले पोलिटब्युरो बैठक बोलाएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार बैठक सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए ।
पोलिटब्युरोमा पार्टीका १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १७:२६
प्रतिक्रिया दिनुहोस्