site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्जा नपाउँदा पनि घटेन घरजग्गा कारोबार, माघभन्दा फागुनमा झन् बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य तरलता अभावबीच पनि फागुनमा घरजग्गाको कारोबार बढेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबारबाट लक्ष्यअनुसार नै राजस्व संकलन भएपनि माघमा घरजग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको थियो ।

तर, फागुनमा भने घरजग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य तरला अभावको कारणले घरजग्गा कारोबारमा पनि मन्दी आउनसक्ने विश्लेषण भइरहको थियो । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले आगामी असारबाट प्लटिङ गर्ने रियल स्टेट कर्जाको जोखिम भार बढाएको र केही महिनायता कर्जा लगानी करिब ठप्पजस्तै हुँदा व्यावसायिकसँगै समग्र घरजग्गा कारोबार घट्नसक्ने आँकलन गरिएको थियो । अर्कोतर्फ ब्याजदर वृद्धिको प्रभावसमेत पर्नसक्ने अनुमान व्यवसायीको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, माघको भन्दा फागुनमा अनपेक्षित रूपमा घरजग्गाको करोबार बढेको तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको छ । माघमा कोभिडलगायतका कारण मालपोत कार्यालयन बन्द हुँँदा जग्गाको कारोबार घट्नु स्वाभाविक भएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् ।

“माघमा कोभिडको त्रास र धेरै क्षेत्रमा कोभिड नियन्त्रण्को प्रतिबन्धात्मक व्यवस्थाले गर्दा कारोबार घटेको थियो,” उनले भने, “तर फागुनमा भने प्रतिबन्धात्मक व्यवस्था हटेको छ भने कोभिडको त्रास पनि हट्यो जसले स्वाभाविक कारोबार संख्या बढ्यो ।”

Global Ime bank

बैंकिङ प्रणलीमा लगानीयोग्य पुँजीको अभाव र राष्ट्र बैंकले पनि घरजग्गा कारोबारमा जाने कर्जाका कडाइ गर्दा स्वाभाविक रूपमा असर देखिनसक्ने उनले बताए । यसले अगामी दिनमा केही असर देखिनसक्ने उनको तर्क छ । 

चालु आर्थिक वर्षको ८ महिनामा करिब ५५ अर्ब रुपैयाँ राजस्व घरजग्गा कारोबार लगायत अन्य कार्यबाट संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । गत आर्थिक वर्षको यही अवधिमा ३८ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको सुरुको दुई महिना साउन र भदौमा ८ अर्ब भन्दा बढी राजस्व संकलन भएको छ । 

साउनमा ८ अर्ब १३ करोड, भदौमा सबैभन्दा धेरै ८ अर्ब २७ करोड राजस्व संकलन भएको थियो । यस्तै असोजमा ७ अर्ब ३३ करोड राजस्व संकलन हुँदा, दसैँ र तिहारलगायतका चाडपर्वले गर्दा कात्तिकमा कारोबार घटेर राजस्व संकलन पनि ५ अर्ब ५० करोडमा झर्‍यो । यस्तै मंसिरमा करिब ७ अर्ब ७ करोड, पुसमा ६ अर्ब ७० करोड र माघमा घटेर राजस्व ५ अर्ब ५० करोडमा झरेको थियो । फागुनमा पुन राजस्व बढेर ६ अर्ब २६ करोड पुगेको विभागको तथ्यांक छ । 

विभागकाअनुसार देशभरका १२६ वटा मालपोत कार्यालयमा सेवा प्रवाह भएको अघिल्ला महिनामा मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको थियो । तर, माघमा भने घटेर ६० हजार पनि कारोबार पुग्न सकेन । फागुनमा कारोबार संख्या बढेर पुन ७० हजार नाघेको छ । फागुनमा ७४ हजार ३६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । 

जककि मंसिरमा देशभरका मालपोत कार्यालयबाट ६९ हजार ४१२ वटा घरजग्गा कारोबार (लिखत पारित) भएको थियो । पुसमा भने ७० हजार १६८ र माघमा घटेर ५९ हजार ५१६ घरजग्गाको किनबेच भएको थियो ।

माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार भन्दा बढीले वृद्धि भएको छ ।

सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोतमा

फागुनमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालय सुनसरीबाट भएको छ । फागुनमा इनरुवाबाट ३ हजार २८६ वटा लिखत पारित भएको छ । माघमा कार्यालयबाट २ हजार ८०७ लिखत पारित भएको थियो ।

त्यस्तै फागुनमा दोस्रो त्रेरै लिखत पारित हुनेमा मोरङको बेलवारी मालपोत कार्यालय रहेको छ । कार्यालयबाट फागुनमा २ हजार ८७२ वटा लिखत पारित हुँदा माघमा २ हजार ५३६ वटा लिखत पारित भएको थियो । 

माघमा १ हजार ९८० लिखत पारित भएको झापाको भद्रपुर मालपोत कार्यालयबाट फागुनमा धनुषाको जनकपुधाम मालपोत कार्यालयलाई पछि पार्दै २ हजार ७७२ पारित भएको छ ।

यस्तै मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट माघमा २ हजार १६४ वटा लिखत पारित भएकोमा फागुनमा २ हजार ४९४ खित पारित भएको छ ।

यता माघमा १ हजार ७८४ वटा लिखत पारितसँगै उपत्यकाका भक्तपुर र ललितपुरको लगनखेल भन्दा पछि रहेको बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट फागुनमा २ हजार ४४९ लिखत पारितसहित अगाडि लागेको छ ।

काठमाडौं उपत्यकाभित्र ललितपुरको लगनखेल मालपोत कार्यालयबाट माघमा १ हजार ९१६ वटान लिखत पारित भएकोमा फागुनमा २ हजार १६७ र भक्तपुर मालपोत कार्यालयबाट माघमा १ हजार ९२२ वटा लिखत पारित भएकोमा फागुनमा २ हजार ३६ वटा लिखत पारित भएको छ ।

यस्तै मालपोत कार्यालय काभ्रेपलाञ्चोकबाट माघमा १ हजार २५५ वटा मात्रै लिखत पारित भएकोमा फागुनमा १ हजार ९३० पुगेको छ ।

उपत्यका पछि धेरै राजस्व चितवन र काभ्रेबाट 

फागुन महिनामा सबैभन्दा धेरै राजस्व संकलन ललितपुरको लगनेखेल मालपोत कार्यालयबाट भएको छ । लगनखेत मालपोत कार्यालयबाट ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक छ । माघमा लखनखेल मालपोत कार्यालयबाट ५४ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

त्यसपछि काठमाडौंको डिल्लीिबजार मालपोत कार्यालयबाट फागुनमा ४५ करोड ३२ लाख राजस्व संकलन भएको छ । माघमा कार्यालयबाट करिब ४३ करोड ८७ लाख राजस्व संकलन भएको थियो । काठमाडौंकै कलंकी मातपोत कार्यालयबाट फागुनमा ३९ करोड १६ लाख राजस्व संकलन भएको छ । माघमा उक्त कार्यालयबाट ३९ करोड १४ लाख राजस्व संकलन भएको थियो । 

यस्तै माघमा ३४ करोड ५४ लाख राजस्व संकलन भएको भक्तपुर मालपोत कार्यालयबाट फागुनमा ३८ करोड ६२ लाख राजस्व संकलन भएको छ । माघमा २९ करोड १८ लाख राजस्व संकलन भएको काठमाडौंको चाबहिल मालपोत कार्यालयबाट फागुनमा ३८ करोड ३६ लाख राजस्व संकलन भएको छ ।

फागुनमा काठमाडौं उपत्यकापछि चितवन मालपोत कार्यालयले १६ करोड २८ लाख र काभ्रेपलाञ्चोक मालपोत कार्यालयले करिब १५ करोड ९७ लाख राजस्व संकलन गरेको छ । माघमा यी कार्यालयले क्रमश: १४ करोड ७२ लाख र करिब ९ करोड ८३ लाख राजस्व संकलन गरेका थिए । 

माघमा काठमाडौं उपत्यकापछि धेरै राजस्व संकलन गर्ने राजस्व कार्यालयमा कास्कीबाट करिब १४ करोड ९९ लाख र त्यसपछि चितवन रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय