site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन
SkywellSkywell

पर्सा । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख  डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए । “अहिले समग्र मुलुकको बजार सुस्ताएको  छ,” उनले भने, “माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।” भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने ४० अर्ब तीन करोड रुपैयाँ संकलन गरेको छ ।

KFC Island Ad
NIC Asia

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुने गरेको छ । विगतमा दैनिक तीन कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुईवटा आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० कन्टेनर ल्याउने गरेको छ । 

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए पनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलनमा घटेको बताए ।

Royal Enfield Island Ad

“यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन, उनले भने, “गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्याे यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।”

कार्यालयले चालु आवको साउन महिनामा  चार अर्ब सात करोड राजस्व संकलन गर्‍यो । भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा चार अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा तीन अर्ब ६३ करोड रुपैयाँ, मंसिर महिनामा चार अर्ब २८ करोड रुपैयाँ, पुस महिनामा तीन अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्‍यो । कार्यालयले माघ महिनामा तीन अर्ब ७४ करोड रुपैयाँ, फागुन महिनामा तीन अर्ब ६२ करोड रुपैयाँ, चैत महिनामा चार अर्ब २८ करोड रुपैयाँ र वैशाख महिनामा तीन अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
 
भन्सार विभागले कार्यालयलाई गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ मात्र संकलन गरेको थियो । रासस  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro