site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नवलपुरमा प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ गरिएको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी घाइते भएका छन् ।

यस्तै सिन्धुली, मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको आरोपमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा५४प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपपछि पक्राउ गरिएको हो ।

सिन्धुकै चोकस्थित मरिण गाउँपालिका–६ भुजेल चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुईसय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका–९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय