देश
काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीलाई तोकेको छ । सोमबार कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्