site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मध्यपुरको पोस्टमा बाँसबारीको आधा दर्जन गोल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राजेश पौडेलको ह्याट्रिकको सहयोगमा शनिबार बाँसबारी क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनलाई ६–० ले हराएको छ । अरू खेलमा वीरगन्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसीटी) तथा चर्च ब्वाइज क्लब र श्री कुमारी क्लबले बराबरी खेलेका छन् ।

शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो । २३औँ मिनेटमा सञ्जय धिमालले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए । ६२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।

Agni Group
NIC Asia

राजेश पौडेलले भने ५१औँ, ६४औँ र ७८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि, ७१औँ मिनेटमा सुलेमान थापामगरले गोल गरेका थिए ।

जितसँगै लिग तालिकामा बाँसबारीले चार खेलबाट चार अंक जोडेको छ । मध्यपुरको समान खेलबाट तीन अंक छ । बाँसबारीले जारी लिगमा पहिलो जित निकाल्दा मध्यपुरले दोस्रो हार व्यहोरेको छ ।

Global Ime bank

वीरगन्ज २–२ आरसीटी
'बी' डिभिजन लिगअन्तर्गत शनिबारकै अर्को खेलमा वीरगन्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसीटी)ले २–२ को बराबरी खेले । बराबरीसँगै आरसीटी र वीरगन्जले समान चार खेलबाट समान पाँच अंक जोडेका छन् ।

चर्चा ब्वाइज बराबरीमा रोकियो
शनिबारै शीर्ष स्थानको चर्च ब्वाइज क्लबले श्री कुमारी क्लबसँग १–१ को बराबरी खेलेको छ ।

चर्च ब्वाइजले ४७औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा कुमारीसँग अंक बाँडेको हो । चर्च ब्वाइजका लागि आशिष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कुमारीका लागि निरबहादुर आलेले ५५औँ मिनेटमा बराबरी गोल फर्काए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय