site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयल निगमको कार्यकारी निर्देशकका लागि भट्ट, सिटौला र थानी सिफारिस
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ । निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको  बैठकले तीनजनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेहरूमा गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आयल निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गएको पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेको थियो । त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंले सम्हालिरहेको हुँदा उनले चाहेको व्यक्ति नै निगमको कार्यकारी निर्देशक नियुक्त हुने  पक्का छ ।

Global Ime bank

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलिमय पदार्थको मूल्यवृद्धिसँगै टाट पल्टिने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निगमको नेतृत्वमा पुग्नेलाई ठूलै चुनौती छ । 

निगमले सात वर्ष लगाएर मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम पनि पछिल्लो दुई महिनायाताको इन्धन आयातको भुक्तानीमै सकिन लागेको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय