site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय निर्वाचनका लागि आयोगले माग्यो झन्डै ९ अर्ब रुपैयाँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब ९ अर्ब रुपैयाँ मागेको छ । आयोगको सोमबारको बैठकले स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो ।

विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरिएको आयोगले जनाएको  । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा कर्मचारीलाई उपलब्ध गराइँदै आएको मासिक भत्तामा ठूलो रकम कटौती गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतका निर्वाचनको समयका तुलनामा अहिले कर्मचारीको करिब ४० प्रतिशत तलब र भत्ता वृद्धि भएको, पाँच वर्षको अवधिमा बजार मूल्य झन्डै ४० प्रतिशतले बढेको तथा मतदाता सङ्ख्यासमेत करिब ३८ लाख मतदाता सङ्ख्या बढेको छ । मतदाता संख्यामा वृद्धि भएसँगै आगामी निर्वाचनमा विगतका तुलनामा करिब ४०० मतदानस्थल र दुई हजार मतदान केन्द्र यसपटक थपिएका छन् ।

आगामी वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदै छ । 

Global Ime bank

राससको सहयोगमा ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय