site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र : बालुवाटारमा सहमति, सडकमा आन्दोलन !
गएको बुधबारको विरोध प्रदर्शनको दृष्य ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आज संसद्मा टेबल गर्ने सहमति भएको छ । बालुवाटारमा बिहान बसेको बैठकमा यस्तो सहमति भएको हो ।

तर, सत्ता गठबन्धनकै नेता–कार्यकर्ताहरू भने सोही सम्झौताविरुद्ध सडकमा छन् ।

यसअघि, संसद्मा एमसीसी टेबल गरे सरकार छाड्ने चेतावनी दिएको माओवादी केन्द्रले पनि टेबल गर्न दिने सहमति गरेको छ । तर, सोही पार्टीका नेता–कार्यकर्ता सडकमा छन् ।

अहिले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नेता रामप्रसाद सापकोटा, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीलगायत कार्यकर्ताले नयाँ बानेश्वरको सडकमा एमसीसीको विरोध गरिरहेका छन् ।

उनीहरूले एमसीसी परियोजनालाई राष्ट्रघाती बताइरहेका छन् । छुट्टाछुट्टै रूपमा नयाँ बानेश्वरमा उनीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro