site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुष्पलाल स्मृति ब्याडमिन्टन : दिवश र पूर्णबहादुर अन्तिम–१६ मा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली सेनाका दिवश शंकर र नेपाल पुलिसका पूर्णबहादुर थापा पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल स्पर्काको अन्तिम–१६ मा स्थान बनाएका छन् । 

वरीयाताको शीर्ष १६ भन्दा बाहिरको पुरुष एकल स्पर्धामा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान बनाएका हुन् । दिवशले अब पूर्णबहादुरसँग प्रतिस्पर्धा गर्नेछन् । पूर्णबहादुरले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरेका हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिता त्रिभुवन आर्मीका विवेक चौधरी र ललितपुरका निखिल भट्टले पनि अन्तिम–१६ मा स्थान बनाएका छन् । विवेकले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१३ तथा निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९, २१–१९ ले पराजित गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै राजु थापाले पाल्पाका ज्ञानबहादुर रानालाई २१–६, २१–११ ले हराए । त्रिभुवन आर्मीका पविन लिनथेपले एपीएफका एशिया जवेगुलाई २३–२१, २१–४ हराए । त्रिभुवन आर्मीका आयुष्मान नागरीले कैलालीका योगेश खड्कालाई १६–२१, २१–५, २१–१३ ले तथा कास्कीका भुगोल गुरुङले १६–फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ ले हराउँदै अन्तिम–१६ मा स्थान बनाए । 

त्रिभुवन आर्मीका हिमाल चन्दले एपीएफका नवीन सिलवाललाई २१–१०, १३–२१, २१–१३ हराए । कास्कीका विधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङलाई २१–१५, २१–११ ले हराए । १६–फिदरका क्षितिज खनालले कञ्चनपुरका प्रकाश चन्दलाई २१–१८, २१–१६ ले हराए । त्रिभुवन आर्मीका डेभिड थापामगरले पाँचथरका किरण श्रेष्ठलाई २१–७, २१–१३ स्कोरमा हराउँदै अन्तिम–१६ मा स्थान बनाए । 

Global Ime bank

साइनोका सुजन थापाले चितवनका छिरिङ लामालाई २१–१४, २१–१२ ले हराए । सिल्क ग्रुपका कविर केसीले संखुवासभाका सुनिलजंग कार्कीलाई २१–१३, २१–१० को स्कोरमा हाएर । नेपाल पुलिसका हिरा राईले कास्कीका बिशन गुरुङलाई १८–२१, २१–१०, २१–१५ को स्कोरमा तथा मोरङका भोजबहादुर गुरुङले त्रिभुवन आर्मीका निशान कटुवाललाई २१–८, २१–७ को स्कोरमा पराजित गर्दै अन्तिम–१६ मा स्थान बनाए ।

पुरुष युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा इमाडोलका तिलकबहादुर बुढाथोकी र मुकुन्द थापाको जोडीले ललितपुरका सुजन खतिवडा र राजेश महर्जनको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै अन्तिम–३२ मा स्थान बनाए । क्लब–७ का कर्ण बुढा र एन्डी क्षेत्रीको जोडीले नखिपोटका मुकेश राई र सूर्यदेभ राईको जोडीलाई १८–२१, २१–१६, २१–१८ ले पराजित गरे । खोटाङका बिशन खालिङ र जीवनकुमार राईको जोडीले थेचोका दिवश लबुम र सानबहादुर साम्बाको जोडीबाट वाक ओभर पाए ।

नखिपोटस्थित कभर्डहलमा सम्पन्न प्रतियोगिताको पुरुष यू–१७ एकलको प्रतिस्पर्धामा १६–फिदरका अमन महर्जनले देवीनगरका अदिश कार्कीलाई २३–२१, २१–८ हराए । गुल्मीका जनिश शेरचनले मोरङका महेश खड्कालाई २१–११, २१–११ हराए । एनजेसी डल्लुका स्वयं मानन्धरले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–१६, २१–१२ स्कोरमा तथा सुनसरीका रोधन राईले १६–फिदरका आरुष सिम्खडालाई २१–५, २१–१० ले पराजित गर्दै अन्तिम–३२ मा स्थान बनाउन सफल भए ।

त्यस्तै कैलालीका शिसिर रानाले कन्चनपुरका आशिष खत्रीलाई २१–११, २१–३ को स्कोरमा तथा पाल्पाका सञ्चार तिमल्सिनाले रिभाईभका दीप थिङलाई २१–७, २१–९ को स्कारेमा हराए । कपिलवस्तुका राज बर्माले दाङका ज्याती चौधरीबाट तथा भक्तपुरका विवेक भट्टराईले काठमाडौं ब्याडमिन्टन एकेडेमीका तत्सत ढकालबाट वाकओभर पाए । बाँकेका राजेश बिसीले इमाडोल ब्याडमिन्टनका सौर्य महर्जनलाई २१–१६, २१–१५ को स्कोरमा हराए । 

खोटाङका सविन श्रेष्ठले प्रत्युश थापाबाट वाकओभर पाए । सेनाका डेभिड थापामगरले पाँचथरका किरण श्रेष्ठलाई २१–१३, २१–१३ को स्कोरमा हराउँदा कपिलवस्तुका अभय महराले १६–फिदरका आलोक लामालाई २१–६, २१–६ को स्कोरमा हराए ।

दाङका अरूण अधिकारीले सुनसरीका प्रशन्न राईलाई २१–११, २१–१९ को स्कोरमा हराए । पाल्पाका सुरोज तिमल्सिनाले कैलालीका पारश उपाध्यायलाई २१–१५, २१–१३ ले पराजित गर्दै अन्तिम–३२ को यात्रा तय गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय