site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसीमा जबर्जस्ती भए सरकारबाट बाहिरिने माओवादी निर्णय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,” उनले भने, “आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो ।”

उनले सदन सुचारु गर्न विपक्षसँग आग्रह गर्ने पनि बताए ।

Global Ime bank

“सदन सुचारु नहुँदासम्म अघि बढ्दैन । सदन सुचारु गर्न विपक्षीसँग आग्रह गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सर्वदलीय सहमति नजुटेसम्म प्रक्रिया अघि बढ्न सक्दैन । कम्तिमा पनि सरकारमा रहेका दलहरुबीच सहमति हुनुपर्छ । सहमतिबिना गरिए गठबन्धनमा रहने र सरकारमा रहने कुरा हुँदैन । पाँच दलको सहमतिबिना सरकारको निर्णय हुन सक्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय