site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोहनको 'हत्या गर्न' मण्डलले ललितपुरमा घर नै भाडामा लिएका थिए

काठमाडौं । मोहन लिम्बुको हत्याका 'मुख्य योजनाकार' भनिएका अनिलकुमार मण्डलले ललितपुरमा घर नै भाडामा लिएर 'हत्या गरेको' खुलेको छ । अनुसन्धानका क्रममा गोदामका लागि भनेर मासिक ३० हजार रुपैयाँ भाडा बुझाउनेगरी घर भाडामा लिएर 'हत्याको योजना बनाएको' प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार गोदावरी नगरपालिका १२ थेंचो चरङ्गखेलस्थित गोदामघर रहेको कम्पाउन्डमा गाडिएको अवस्थामा लिम्बुको शव फेला पारेको थियो ।

करिब पाँच फिट गहिरो खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको थियो । शवलाई गलाउन नुनको प्रयोग गरेको पाइएको प्रहरी बताउँछ ।

मोरङको धनपालथान गाउँपालिका २ को उखुबारीमा यही माघ १३ र १४ गते राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको शव गाडिएको अवस्थामा भेटिएको थियो । उनीहरूको हत्या माघ पुस ५ गते ७ गते भएको खुलेको प्रहरीले जनाएको छ ।

सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले मण्डललाई काठमाडौंबाट पक्राउ गरी बयान लिएको थियो ।

प्रहरीकाअनुसार बयानका क्रममा मण्डलले ललितपुरमा पनि एक जनाको शव गाडेको बताएका थिए । ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार लिम्बुको हत्या गत मंसिर २८ गते भएको थियो । उनको हत्या गर्न मण्डलले एउटा घर नै भाडामा लिएको उनी बताउँछन् । 

‘‘लिम्बुको हत्या हुनुअघि गोदामका लागि भन्दै घर नै भाडामा लिइएको रहेछ । मासिक ३० हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएका रहेछन् । लिम्बुको हत्या हुनेभन्दा करिब तीन महिनाअघि गोदामका लागि भन्दै घर भाडामा लिएका थिए,” शाहले भने ।

मण्डलले डोरीले घाँटी कसेर मारेको प्रहरी प्रवक्ता शाहले बताए । शव घरकै कम्पाउन्डमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला पर्‍यो । 

प्रहरीकाअनुसार सुरुमा मण्डलले घरभित्रै खाल्डो खनेर गाड्ने प्रयास गरेका थिए । तर, घरभित्रको सिमेन्ट ढलान फोड्न नसकेपछि उनले गोदामघर पछाडिको कम्पाउन्डमा शव गाडेको प्रहरी बताउँछ । प्रहरीकाअनुसार शव गाडेपछि उनले माथिबाट सिमेन्टले ढलान गरिदिएका थिए ।

मोरङको उखुबारीमा दुईजनाको शव फेला पारेपछि मण्डललाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जीसी कारोबार रकम एकलौटी बनाउने उद्देश्यले तीनजनाको हत्या भएको बताउँछन् ।

मण्डलसहित पक्राउ परेका अमित भनिने दिननाथ सोनार र नासिर आलमलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

‘‘सबैभन्दा पहिले लिम्बुको हत्या गरेर मोरङमा अन्य दुई जनालाई लिएर हत्या गरिएको खुलेको छ । ललितपुरमा लिम्बुको हत्या गरेर मण्डल श्रेष्ठ र चौधरीलाई लिएर मोरङ गएको पाइएको छ,” एसपी जीसीले भने ।

प्रहरीकाअनुसार मोरङमा दुईजनाको हत्या गर्न मण्डलले भारतीय नागरिकको सहायता लिएको आशंका छ । ती भारतीय नागरिक अहिले फरार छन् । 

प्रहरीले डोरी र गाच्छाले घाँटी कसेर योजनावद्ध तरिकाले हत्या गरिएको जनाएको छ । हत्यामा अन्य समूहको सहभागी रहेको हुन सक्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्यापछि खाल्डो खन्न प्रयोग गरेका एक थान कोदालो र ६ प्याकेट नुन बरामद गरेको छ । 

प्रहरीकाअनुसार चारजना मिलेर ५० करोड बराबरको जग्गा बैना गरेका थिए भने हाइड्रोपावर, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको खुलेको छ । 

यसबारे केही कागजात फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro