site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हाइड्रोमा लगानी गर्न पैसा उठाउँदै थिए मोरङ उखुबारीमा मृत भेटिएका व्यावसायी’

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई व्यावसायी हत्याकाण्डको अनुसन्धान जारी छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेला परेको थियो ।

प्रहरीले फरक–फरक खाल्डो उत्खनन् गरेर दुई शव निकालेको थियो । शवलाई गहिरो खाल्डोमा गाडिएको थियो । शव प्लाष्टिकमा बेरेर गलाउनका लागि नुनको प्रयोग गरिएको पाइएको थियो ।

दुवै शवको पहिचान भइसकेको छ । एक शव राजेन्द्रकुमार श्रेष्ठ र अर्को शव शम्भु चौधरीको रहेको प्रहरीले जनाएको छ । 

चौधरी काठमाडौं र श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए । उनीहरु एकअर्काका साथी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । हालसम्म हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । 

उनीहरु घरबाट गएको समय एकै देखिएको छ । एक महिनाअघि उनीहरु घरबाट निस्किएपछि सम्पर्कमा नआएपनि परिवारले भने कुनै पनि प्रहरी कार्यालयमा जानकारी गराएका थिएनन् ।

यसअघि पनि उनीहरु बेलाबेला लामो समयका लागि घरबाहिर जाने भएकाले प्रहरीलाई परिवारजनले खबर नगरेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुको हत्या आर्थिक कारोबारकै कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक अधिकारीका अनुसार उनीहरुले एक हाइड्रोमा लगानी गर्न रकमसमेत उठाएको पाइएको छ ।

प्रहरीले हत्याको कारण खोजिरहेको छ । दुईजनाको हत्या भएकाले घटनामा ठूलै समूहको संलग्नता हुनसक्ने प्रहरी अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान जारी रहेको र कुनै ‘क्लु’ फेला नपरेको बताउँछन् ।

चौधरी घरहरू बनाउने ठेकेदारी काम गर्दै आएका थिए भने श्रेष्ठ जग्गा प्लटिङ गर्दै आएको खुलेको छ । श्रेष्ठले केही वर्षअघि धरानमा सुन व्यवसाय गरेका थिए । प्रहरीका अनुसार श्रेष्ठ कारोबार मिलाउन धरान जान्छु भन्दै काठमाडौंबाट निस्किएको पाइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro