site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा सवारी दुर्घटना अपडेट : दुईजनाको सनाखत

काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने ५५ वर्षका सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा–५ बस्ने ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी र नामथर नखुलेका अन्दाजी १८/१९ वर्षकी  महिला छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिचान नखुलेकी अन्दाजी २४/२५ वर्षकी महिला, सनाखत हुन नसकेका अन्दाज वर्ष २२/२३ का पुरुषलगायत सात जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

मृतकमध्ये अधिकांश माइक्रोमा सवार यात्रु भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा उक्त हातहत भएको हो । 

धनगढीबाट काँकडभिट्टातर्फ आउदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००१ज २९९ नम्बरको गाडी ठोक्किएको थियो । 


 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्