site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीसीएमसीसीको सिफारिसविपरीत आइतबारदेखि विद्यालय खोल्दै गोकर्णेश्वर नगरपालिका
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको  छ । आउँदो आइतबारदेखि विद्यालय सञ्चालन गर्ने नगरपालिकाले विज्ञप्ति नै जारी गरेको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल भने तत्काल उपत्यकाका विद्यालय खोल्ने तयारी नरहेको बताउँछन् । माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने कुनैपनि निर्णय नगरिएकाले नगरपालिकाले निर्णय सच्याउनुपर्ने प्रशासनले जनाएको छ ।

यद्यपि आफूहरूलाई जानकारी नआएकाले नगरपालिकाको निर्णयबारे बुझिने प्रजिअ रिजालले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि बसको सीसीएमसीसीले माघ मसान्तसम्म विद्यालय नखोल्न सिफारिस गरेको थियो । 

उपत्यकाका प्रशासनद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालनमा रोक लगाइएको छ । 

Global Ime bank

तर, गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्न पाउने स्थानीय सरकारको अधिकारमा टेकेर विद्यालय खोल्ने निर्णय गरेको दाबी गरेको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल जोरबिजोर र आलोपालो गरेर आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरिएको बताउँछन् ।

‘‘एउटा कक्षामा २५ जनाभन्दा बढी जम्मा हुन नदिने गरी विद्यालय सञ्चालन गर्छौं । सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण रूपमा पालना गर्छौं,” उनले भने ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपाल आफूहरूको सिफारिसविपरीत विद्यालय खोल्ने निर्णयका सम्बन्धमा ध्यानाकर्षण भएको बताइन् ।

‘‘विद्यालय खोल्ने नगरपालिकाहरूले विद्यालय खोल्ने विषय जानकारी आएको छ । तत्काल कुनै निर्णय भएको छैन । अनौपचारिक रूपमा स्थानीय तहले आफ्नो नगरभित्रको संक्रमणदर हेरेर पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न पाउने छलफल भइरहेको छ । गृह मन्त्रालय र सीडीओसँग फोनवार्ता भएको छ,” उनले भनिन् ।

उनकाअनुसार केही दिनमा पुन: सीसीएमसीसीको बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement