site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : नाडाललाई कीर्तिमानी उपाधि
Siddhartha BankSiddhartha Bank

काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै राफेल नाडालले आइतबार दोस्रो वरीयाताका ड्यानिल मेदभेदेभलाई ३-२ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

छैटौँ वरीयाता प्राप्त स्पेनिसका नाडालको यो कीर्तिमानी २१औँ ग्रान्ड स्लाम उपाधि हो । यससँगै उनी २१ ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

Agni Group
NIC Asia

मेलबर्न पार्कमा सम्पन्न पुरुष एकल स्पर्धाको फाइनलमा नाडालले रुसका मेदभेदेभलाई २-६ ६-७ (५/७) ६-४ ६-४ र ७-५ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जितेका हुन् ।

No description available.

Global Ime bank

पाँच घन्टा लामो संघर्षपुर्ण भिडन्तमा मेदभेदेभले पहिलो दुई सेट जित्दै नाडाल माथि दबाब बनाएका थिए । तर त्यसपछि नाडालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेका हुन्  । 

यसअघि नाडालसँगै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक उपाधि जितेका थिए । नाडालले जोकोभिच र फेडेररलाई पछि पारेका छन् । फेडेररले चोटका कारण अस्ट्रेलियन ओपन खेलेनन् भने जोकोभिचले कोभिड-१९ को स्वास्थ मापदण्ड पूरा नगरेको भन्दै अस्ट्रेलिया सरकारले डिपोर्ट गरिदिएको थियो । 

नाडालको यो दोस्रो अस्ट्रेलियन ओपनका उपाधि हो ।

यसअघि उनले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । ३५ वर्षे नाडालले १२ वर्षपछि पुन: २५ मेदभेदेभलाई हराउँदै उपाधि उचाले ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu