site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिणी अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण ७० बढीको मृत्यु
Sarbottam CementSarbottam Cement

जोहान्नेसबर्ग ।  दक्षिणी अफ्रिकामा उष्ण आँधी ‘एना’ सँगै आएको बाढीका कारण ७० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । मादागास्करमा कम्तीमा ४८ जनाको ज्यान जानुका साथै करिब १ लाख ३० हजार व्यक्ति घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

त्यसैगरी मालाबीमा ११ जनाको मृत्यु भएको छ । मालाबीभरि नै विद्युत आपूर्ति बन्द भएको छ भने केही ठाउँलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मोजाम्विकमा भने १८ जनाले ज्यान गुमाएको खबर प्राप्त भएको छ । तर, सरकारी अधिकारीहरूले मृतकको वास्तविक संख्या अझै यकिन हुन नसकेको र बाढीबाट २० हजार मानिस नराम्ररी प्रभावित भएको बताएका छन् ।

एनाको कारण करिब १० हजारवटा घर र दर्जनौँ विद्यालयका भवन तथा अस्पताल क्षतिग्रस्त भएका छन् । आँधिसँगै केही क्षेत्रमा भीषण वर्षा भइरहेकाले बाढीको खतरा झनझनै बढिरहेको बताइएको छ । 

Global Ime bank

मोजाम्विकका प्रधानमन्त्री कार्लोस एगोस्टिन्हो डू राजारियोले आफ्नो मुलुकले यस्तो प्रकोप भोगिरहेको अवस्थामा पनि कुनै मुलुकसँग सहयोगका लागि हात फैलाइनरहेको र यो चुनौती कुनै पनि मुलुकको समाधान गर्ने क्षमता भन्दा बाहिर रहेको बताएका छन् । 

तर, उनले अन्तर्राष्ट्रिय दातृ संस्थाहरूलाई भने सहयोगका लागि आह्वान गरेका छन् । बालबालिका लागि संयुक्त राष्ट्र संघको दातृ निकाय युनिसेफले त्यहाँ ४५ हजार भन्दा बढी मानिसलाई मानवीय राहत सामग्री उपलब्ध गराउन आफ्ना कर्मचारी खटाइरहेको जनाएको छ । मालाबीले पनि मुलुकमा ‘प्रकोपग्रस्त काल' घोषणा गरिसकेको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय