site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ मतदाता अनुपस्थित 
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत पुष्पा झाका अनुसार बुधबार भएको निर्वाचनमा ६ मतदाता अनुपस्थित रहे । ३६६ जनाले मतदान गरे । यहाँ कुल मतदाता संख्या ३७२ रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।

यहाँ दुई पदका लागि चारजनाको उमेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट पाँच दलका संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा (माओवादी केन्द्र)का हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।

Global Ime bank

यस्तै, सुरुमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि गठबन्धन गरेका छन् । यही माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उमेदवारका रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय