site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलियामा भएको सामूहिक बलात्कार घटनाबारे अधिकारकर्मीले लिए जानकारी
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाबारे मानव अधिकारकर्मीहरूले आज पीडित र पीडित पक्षसँग भेट गरी जानकारी लिएका छन् । 

सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका हुन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए । घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ । 

पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने बताए । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरीदिन आग्रह गर्नुभयो ।

Global Ime bank

अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयम ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताउँदै भने,“घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।” 

सामूहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै फरार छन् । घटनाबारे जानकारी इन्सेक, एबीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरू, सिविनका प्रतिनिधिहरू पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !