site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिकन अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति समूह चरणको अन्तिम खेलमा आइभोरी कोष्टसँग ३–१ ले पराजित भएपछि अल्जेरियाको यात्रा टुंगिएको हो ।

आइभोरी कोष्टले एक पक्षीय नतिजा निकालेपछि क्यामरुनमा उपाधि दाबेदार मानिएको अल्जेरिया जितबिहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ई’बाट आइभोरी कोष्ट सात अंकका साथ शीर्ष स्थानमा रह्यो । आइभोरी कोष्टले शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउँदा इक्वेटोरियल गिनी उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । एक अंक जोडेको अल्जेरिया समूहको पुछारमा रह्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि पूर्व विजेता घाना पनि प्रतियोगिताको समूह चरणबाटै बाहिरिको थियो । अल्जेरिया र घाना समूह चरणबाटै बाहिरिदाँ कोमोरोस र गाम्बिया भने पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भए । 

समूह ‘ई’ कै अर्को खेलमा इक्वेटोरियल गिनीले सिएरा लियोनलाई १–० ले हराएको थियो । गएराति नै समूह ‘एफ’मा गाम्बियाले ट्युनेसियालाई १–० ले हरायो भने मालीले मौरिटानियाविरुद्ध २–० को विजय हासिल गर्यो । 

Royal Enfield Island Ad

समूह ‘एफ’बाट समान सात अंक जोडेका माली र गाम्बियाले अघिल्लो चरणमा स्थान पक्का गरे । पूर्व विजेता ट्युनेसिया पनि तेस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भयो । 

यससँगै प्रतियोगितामा नकआउट चरणको समीकरण पूरा भएको छ । नकआउट चरणमा बुर्किना फासो र गाबोनले प्रतिस्पर्धा छन् । नाइजेरियाले ट्युनेसियाविरुद्ध खेल्नेछ । सेनेगलले कोप भोर्डसँग प्रतिस्पर्धा गर्नेछ भने मालीले इक्वेटोरियल गिनीविरुद्ध खेल्नेछ । 

त्यस्तै गिनीले गाम्बियाविरुद्ध तथा आयोजक क्यामरुनले कोमोरोसविरुद्ध खेल्नेछ । आइभोरी कोष्टले इजिप्टविरुद्ध खेल्नेछ । मोरोक्कोले मलावीसँग प्रतिस्पर्धा गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro