site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्टस र लाजियो इटालियन कपको क्वार्टरफाइनलमा 
SkywellSkywell

काठमाडौं । साविक विजेता युभेन्टसले मंगलबार राति साम्पडोरियालाई ४–१ ले हराउँदै इटालियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । यससँगै युभेन्टसले जारी सिजन कम्तिमा एक उपाधि जित्ने सम्भावना कायम राखेको छ । 

युभेन्टसले हुवा कोर्डाडोको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो । ड्यानिले रुगानीले ५२औं मिनेटमा अग्रता दोब्बर बनाए । एन्डेरा कोन्टीको गोलबाट साम्पडोरियाले पुनरागमनको प्रयास गरेको थियो । 

Dabur Nepal
NIC Asia

तर, ६७औं मिनेटमा युभेन्टसका पाउलो डिबालाले अर्को गोल थपेपछि साम्पडोरियाको प्रयास सफल हुन सकेन । ७७औं मिनेटमा अल्भारो मोराटाले चौथो गोल थपेपछि युभेन्टस सहज नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । 

युभेन्टसले अब सेमिफाइनलमा स्थान बनाउनका लागि सासउलो र काग्लिएरीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

मंगलबार राति नै अर्को खेलमा लाजियोले युडिनेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको ३० मिनेट समयको १६औं मिनेटमा सिरो इमोबिलले गरेको गोल लाजियोको जितमा निर्णायक बन्यो । 

लाजियोले अब सेमिफाइनल प्रवेशका लागि एसी मिलानविरुद्ध खेल्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu