site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२ रुपैयाँको नयाँ सिक्का बजारमा, के छन् विशेषता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दृष्टिविहीनले स्पर्श गरेर चिन्न सक्ने विशेषता भएको दुई रुपैयाँ दरको नयाँ सिक्का बजारमा ल्याएको छ । 

केन्द्रीय बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको २ रुपैयाँ दरको सिक्का पुस ३० गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

यस्तै माथिल्लो  भागमा  अंग्रेजीमा र तल्लो भागमा नेपालीमा दुई रुपैयाँ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।  

Global Ime bank

सिक्काको अग्रभागको बीचमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले  जनाएको छ ।

सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको जनाएको छ । 

त्यस्तै आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरी चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको जनाएको छ । 

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको तथा सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको केन्द्रिय बैंकले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय