site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोकोभिचले जिते मुद्दा, अस्ट्रेलियन ओपन अझै अनिश्चित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अस्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दा विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् ।

अस्ट्रेलियन ओपन खेल्न गत साता अस्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै प्रवेशमा रोक लगाइएको थियो । जोकोभिचको भिसा समेत रद्द गरिइएको थियो । उक्त घटनाले विश्वको ध्यान आकर्षित गरेको थियो । अस्ट्रेलियन सरकारको उक्त निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दायर गरेका थिए । 

Agni Group
NIC Asia

सोमबार भएको सुनुवाइमा न्यायाधीश एन्थनी केलीले जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाउने संघीय सरकारको निर्णय सान्दर्भिक नभएको र उनले प्रवेशका छुट दिन आदेश दिएकी छन् । उनले फैसला भएको ३० मिनेटभित्र जोकोभिचलाई क्वारेन्टिनमा राखिएको मेलबर्नको होटलबाट छुट दिन आदेश दिएकी थिइन् ।

Global Ime bank

फैसलापछि न्यायधिशलाई सरकारी वकिल क्रिस्टोफर ट्रानले अध्यागमन, नागरिकता, आप्रवासी सेवा, बहुसांस्कृतिक मामिला मन्त्री एलेक्स हकसँग ‘भिसा रद्द गर्नका लागि पुनः व्यक्तिगत अधिकार प्रयोग गर्न सक्ने’ बताएका छन् । 

जसका कारण जोकोभिचले पुनः भिसा समस्या भोग्नुपर्ने हुनसक्ने जनाइएको छ । त्यसकारण १७ जनवरीबाट हुने अस्ट्रेलियन ओपनमा जोकोभिचको सहभागिता अझै सुनिश्चित नभएको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu