site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए !
Sarbottam CementSarbottam Cement

एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर, मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ ।

उनले ब्याट्री मर्मत नगर्ने निर्णय त लिए नै सँगै मुलुकका सबै चर्चित युट्युबरहरू भेला गरेर कार नै विस्फोट गरिदिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले ६६ पाउन्ड बराबरको विस्फोटक पदार्थ राखेर कार विस्फोट गराएको समाचारमा जनाइएको छ ।

उनले गरेका यी सबै गतिविधिलाई युट्युबरहरूले भिडियोमा कैद गरेका थिए । जसलाई अहिलेसम्म सामाजिक सञ्जालमा पचास लाखपटक हेरिएको छ ।

Global Ime bank

कार खरिद गरिएयता ९०० माइलसम्म टुओमस काताइनेनको मोडिफाइ गरिएको सो टेस्ला कारले राम्रै काम गरेको थियो । तर त्यसपछि अचानक कारमा पानी चुहिन थाल्यो । उनले एउटा ट्रकमा राखेर सो कारलाई मर्मतका लागि पठाए । 

करिब एक महिनापछि मेकानिक्सले बिग्रेको ब्याट्री फेर्न २२ हजार डलर र ज्यालाका लागि थप थुप्रै रकम लाग्ने बताए । वास्तवमा मर्मतका लागि आधिकारिक रूपमा टेस्ला कम्पनीले पनि केही चासो दिनुपर्थ्यो । तर, त्यसले कुनै वास्तै गरेन ।

त्यसैले काताइनेन हाइड्रोलिक प्रेसर, फेम लाउरी भुहेन्सिल्टा लगायतका चर्चित यु–टय्वरहरू बोलाएर आफ्नो कारै उडाइदिएका हुन् । हेलसिन्कीदेखि करिब दुई घन्टाको बाटोमा पर्ने विकट गाउँ जालामा कारबाट लिथियम–आयोन ब्याट्री, मोटरहरू र अन्य महंगा पाटपुर्जाहरू झिकेर कार पडकाइएको हो । 

ड्राइभिङ डट सीएबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement