विदेश
तेहरान । इरानको राष्ट्रिय टीभीले त्यहाँका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन सवार हेलिकोप्टर दुर्घटना हुँदा कोही पनि जीवित रहेको संकेत नपाइएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पनि होलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको उल्लेख गरेको छ ।
अधिकारीहरूले राष्ट्रपति सवार हेलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको र यात्रीको मृत्यु भएको आशंका गरिएको जनाएका छन् । बीबीसीबाट
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ०९:१८
प्रतिक्रिया दिनुहोस्