site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
यसपटक दुःखसुखका कुरा 

अहिलेलाई राजनीतिमा लेख्नुपर्ने विषय बाँकी छैन । धेरैले लेखेका छन्, देखेका छन् र भोगेका छन् । लेख्न सक्नेले त्यही लेखेका छन् भोग्नेले जे भोगेको हुन् । भन्न सक्नेले त्यही व्यक्त गरेका छन्  लेख्नेले जे लेखेका छन् । बाँकी के छ र नेपाली राजनीतिको सामयिक चरित्र वा प्रवृत्ति र व्यवहारबारे लेख्न, भन्न ? 

राजनीतिमा सद्य प्रवृत्तिमा फरक आए लेखकीय सामग्री हुने नै छ । नभए उही चरित्र, प्रवृत्ति र संस्कृतिको उल्टाइपल्टाइ नै त हो नि भाषाको व्यक्त भिन्न प्रस्तुति । कति लेख्नु प्रस्तुतिको भिन्नतामा त्यही चरित्र प्रवृत्तिलाई ? दिक्क लाग्दो परिदृश्य । के परिवर्तन निकट छ ? चरित्रमा, प्रवृत्ति र शैलीमा ? त्यस्तो लाग्दैन, देखिँदैन । यिनै नेता, यही नीतिहीनता । 

ठूला दलका महाधिवेशन सकिएका छन् । भव्य भेला भएका छन् । तर, के नयाँ जीवन तिनमा देखिएको छ ? व्यक्त भाषाको चकाचौँधमा नयाँ सोच, शैली र व्यवहारमा कुनै नयाँ प्रत्याभूति यो जमानाले पाएको छ ? भाषाको चामत्कारिक प्रवाहमा आएका दस्ताबेजको सकारात्मक व्याख्या गर्न चाहनेका लागि आआफ्नो पार्टीको महाधिवेशन एक औजार हुन सक्छन् । तर, के यिनै पार्टीका हर्ताकर्ता र भोक्ताकै लागि पनि ती दस्तावेज र तिनका नेताको प्रतिबद्धता विश्वसनीय छन् त ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेता सिद्धान्तकै मर्मको व्यवहारमा प्रतिबद्ध हुन्थे भने, पार्टी दस्तावेज वा विधानकै मार्गमा नेता र दलको परिचालन भइदिन्थ्यो भने, राजनीतिले माग्ने नैतिक चरित्रकै मार्ग अवलम्बन गरिएको हुथ्यो भने नेपाली राजनीति यति सारै कुपोषित हुने थिएन । यति धेरै रुन्चे हुने थिएन । 

नेपालका विश्लेषकले, छेउछाउ बसेर यहाँको राजनीतिक चरित्र निरीक्षण गर्नेहरुले र राजनीतिबाट आशा गर्ने जमिनका जनताले यति धेरै गुनासो र कटुता राजनीतिसँग, दलहरुसँग र नेताहरुसँग गर्नै पर्थेन । नेता भाँडिएपछि नीति भाँडियो, नीति भाँडिएपछि राजनीति भाँडियो र पूरै राजनीतिप्रति सामाजिक वितृष्णा उत्कर्षमा पुग्यो । 

Royal Enfield Island Ad

नेता स्वाँठ हुन् जसले राजनीतिको जमिनको सत्य बुझेनन् वा बुझ पचाए र मानवीय भावनात्मक अपेक्षालाई उपेक्षा गरे । तैपनि नेतृत्वको भरोसा चाहिँ राजनीतिमै रहन्छ । सुध्रिन्छ कि भने आशा रहन्छ वा सुध्रियोस् राजनीति भन्ने कामना गरिन्छ । नसुध्रिए त्यसैभित्र विकल्प खोजिन्छ तर राजनीतिकै विकल्प बन्ने अर्को विषय विकल्प भेटिँदैन ।

अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पनि सकियो । उसको त समय बोल्ने कुनै दस्ताबेज आएन । नीति महाधिवेशनमा आउने रे १  वर्तमान संविधानको व्यवस्थालाई व्यवधान गरिरहेको प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एक शून्य – दश (१० औं) महाधिवेशन त्यसअघि नै सकिएको हो । त्यो असंस्कृत परिणाम सन्देश भयो । 

कम्युनिस्ट माओवादी केन्द्रको सम्मेलनबाट रातारात बढोत्तरी भएको महाधिवेशन पनि सकिँदैछ । सबैको सन्दर्भमा एउटै प्रश्न–शब्द, भाषाको प्रतिबद्धता र नेताको अहं वा तामझाम सिबाय अरु के पाउनु भयो ? जनता तपाईँले ? उत्तर एउटा छ पाउन पर्खन पर्छ । प्रश्न फेरि अर्को छ, तपाईँले यस्तै यस्तै पर्खेको कति भयो ? अब उत्तर मौन वा कटु छ ? यो जुनिमा कहिले कसको दस्ताबेज असुन्दर थिए ? अहिले सुन्दर छन् वा छैनन् ? महाधिवेशनका होउन् कि चुनावी घोषणापत्र या कुनै लिखत ? असुन्दर कुनै देखिन्छन् त ?  

नेपाली राजनीतिको चरित्र चित्रण त यही नै हो नि । बाँकी फोहरी तलाउमा केही नयाँ बिरुवा पलाए रे, नयाँ पालुवा आए रे । अर्थात् महाधिवेशनबाट केही नयाँ युवा पदाधिकारीमा आसीन भए रे १ यत्ति त हो नि सन्तोषको विषय । पर्ख र हेर त हो नि हाम्रो नियति । आशाको लक्षण भरोसाको भर्याङ त होइन नि । अहिले त्यही हो । 

अनि यस्तो राजनीति चरित्र चित्रणको कति चर्चा गर्नु ? त्यसैले यसपटक दुःखसुखको कुरा गर्न मन लाग्ने नै भयो । राजनीतिले सबैलाई सुख दिने भनियो, मूल नीति यसैलाई मानिएकै हो । विकल्प पनि छैन तर सबैभन्दा बढी दुःख नेपालीलाई नेपाली राजनीतिले नै दिएको छ अर्थात् राजनीति हाँक्नेहरुले । अरु देशमा राजनीतिले आफ्ना जनतालाई सुख दिएको होला । 

चिसो बढेको छ । मानिस यहाँ कठ्याँग्रिएका छन् । धनीको धनमा ताप, राप छ । सत्तामा हुनेलाई सत्ताको न्यायो । तर गरिबको बेहाल । यस्तोमा  निर्दयी राजनीतिको के कुरा गर्नु ? समाचार आइरहेका छन् कतै हिमपात । देशभर झरी । हिमाली क्षेत्रमा जनजीवन कष्टकर । मैदानी मधेसमा तुवाँलो, झरी र शीतलहरको कहर । त्रिपालमुनि वषौंँको हावा, हुरी, झरी, चिसो वा शीतलहर भोग्दै बाँचेको जुनी, हुर्काएका बालबच्चा । ती कति रुग्ण होलान् ? यही हो नेपाल, यही हो नेपाली राजनीतिको देय चित्र, चरित्र । 

यही चित्रमा हेर्दा त्यहाँ वा यहाँ कहाँ राज्य छ ? सत्ताको शक्ति वा भक्तिमा राज्य होला । जनताको घर आँगनमा त्यो पुग्न बाँकी नै रहेछ । पुग्छ कहिले ? सधैँको प्रश्न यही हो । प्रस्टसँग भन्दा यहाँको राजनीति सम्पूर्ण नालायक छ, त्यसमाथि कर्मचारीतन्त्र जसलाई स्थायी सत्ता मानिन्छ त्यो नालायकभन्दा पनि गैरजिम्मेवार वा नीतिगत र आर्थिकरुपमा भ्रष्ट छ । त्यसैले देश, दुनियाँको दुर्गति निरन्तर छ ।

यस्तो परिवेश र परिप्रेक्ष्यवीच पनि अस्ति एउटा रेडियो वार्ता सुने, तर सुरु होइन, बाँकी । स्वर थियो सुशील, सुमधुर नारी ।

तरुनी नारी आवाजले आकर्षित गर्यो । त्यसमाथि प्रश्नकर्ताले तपाईँ वषौं विदेशमा बसेर अहिले यहाँ आउनु भएको, के फरक पाउनु भयो ? बाहिर जाँदा त्यसबेलाको नेपाल र अहिले यहाँ ? प्रश्न स्वरभन्दा आकर्षक थियो । ध्यानले सुनें । 

धेरै परिवर्तन भएछ, धेरै सुधार । विकास पनि प्रशस्त भएछ । खुशी लाग्यो, नेपाल पनि रमाइलो भएछ । उत्तर दिने सुशील स्वर युवा थियो, उमेर शरीर, थाहा हुने कुरै भएन, रेडियो वार्ता सुनेको त हो नि । उनको उत्तरले थुप्रै कौतुहल मच्चायो । ती उत्तरदाता कस्ती होलिन् ? हामी नै उस्तै हौँ कि सधैँ गुनासोमात्र गर्ने ? वार्ताअघि उनको नाम, काम र ठेगाना सुन्न पाएको भए लेख्नहुन्थो । सुनें मधुर आवाजमा नेपालको विकास । 

राजनीति लेख्दा दिक्क दिमागलाई मधुर स्वर सुनेपछि लाग्यो दुःखसुखका कुरा लेखौँ । शीर्षक शुरुमा सुख लेखिएन दुःख रोजेँ । घामछायाँ भनेजस्तो कतै सुख कतै दुःख । कतै दुखः कतै सुख । शीर्षक दुःख, सुख । अर्थात् सुखको पर्खाइ । ‘विज्ञेषु किमधिकम्’ दोहोर्याइ रहनुहुन्थ्यो किसुनजी ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro