site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक-फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उमेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

महामन्त्रीको उमेदवारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की प्रतिष्पर्धामा थिए ।  

कांग्रेस विधानमा दुईजना महामन्त्री हुने उल्लेख छ । 

Global Ime bank

सभापतिमा यसअघि नै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् ।  
 
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय