site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
क्यान्सर लागेकालाई कुखुरा मन्साएर हुँदैन : केपी ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय स्वतन्त्र नरहेको बताएका छन् । नेपाल बारका पदाधिकारीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

“तपाईंहरुको असहमति जनाउनुपर्ने आवश्यकता छैन । न्याय प्राप्त गर्नु नागरिकको अधिकार हो,” उनले भने, “न्याय दिने प्रमुख थलो सर्वोच्च अदालत हो । संविधान र कानुन बमोजिम न्याय दिन्छ । त्यसका लागि उ निष्पक्ष हुनुपर्छ । स्वच्छ हुनुपर्छ । न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो । तपाईंहरुले स्वच्छताको प्रश्न उठाउनुभयो निष्पक्षतामा प्रश्न उठाउनुभएन ।”

उनले अहिले न्याय क्षेत्र ध्वस्त भएको बताए । “अहिले न्याय क्षेत्र ध्वस्त भइसकेको छ । हामी चाहन्छौँ, यस स्थितिबाट साच्चैको स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ । हामीले स्वतन्त्र न्यायालयको निकै कुरा गर्‍यौँ,” उनले भने, “क्यान्सर भएको छ भने कुखुरा मन्साएर निको हुँदैन । पुराना फैसलातिर जान्न । अहिलेको हेरौँ, फैसला कसरी भएको रहेछ भन्ने कुरा एकजना राजनीतिक नेताले भन्नुभयो–तपाईंहरुले असाधारण भूल गर्नुभएको छ । गुन लगाउनुभएको छ । पहिले विभूषणबाट भयो । पछि लेनदेनका कुरा भए । प्रधानन्यायाधीशले यति गर्दा किन राजीनामा गर्दिन भन्नुभएको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय