site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा महाधिवेशन : मतदान सकियो, कुल तीन हजार ९१७ मत खस्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । ढिलो गरी शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको हो ।

कुल चार हजार ४६९ मतदाता रहेकोमा तीन हजार ९१७ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि, चार हजार मत खसेको भनिए पनि समितिले तीन हजार ९१७ मत खसेको आधिकारिक जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अब बैठक बसेर आचारसंहिता बनाउने र मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्यसचिव झनक प्याकुरेलले जानकारी दिए ।

महाधिवेशनस्थल भृकुटीमन्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलमा दंगा प्रहरीसमेत परिचालन गरिएको छ । उमेदवार, प्रतिनिधिलाई समेत विशेष सोधपुछ गरिएको छ ।

Global Ime bank

पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement