site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा महाधिवेशन :  सुरक्षा व्यवस्था कडा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानस्थल भृकुटीमन्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदानस्थलमा दंगा प्रहरीसमेत परिचालन गरिएको छ । उमेदवार, प्रतिनिधिलाई समेत विशेष सोधपुछ गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदान करिब अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार शनिबार राति साढे ९ बजेसम्म चार हजार मत खसिसकेको छ । कुल चार हजार ४६९ मतदाता रहेको समितिले जनाएको छ ।

शनिबार बिहानैदेखि मतदान हुने भनिए पनि ढिलो गरी मध्याह्न १२ बजेदेखि मात्र सुरु भएको थियो । अध्यक्षका लागि कागजी मतपत्र र अरू उमेदवारका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ ।

Global Ime bank

राति १० बजेसम्म मतदानको समय निर्धारण गरिए पनि लम्बिएको छ । मतदान सकिएको करिब एक घण्टापछि मतगणना सुरु गर्ने तयारी छ ।

पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement