site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो बन्यो ओली टिम, जुन पहिल्यै हलमा प्रस्ताव गरिएको थियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

ओलीले २०९६ मतदातामध्ये १८०४ मत ल्याएका छन् रावलले भने २२३ मत प्राप्त गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराएका छन् । उनले गराएको जानकारीअनुसार ३३ जनाले नो भोट गरेका छन् । अर्थात् उनीहरुले दुवै नेतालाई मतदान गरेका छैनन् ।

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्षमा ओलीले आफ्ना प्रतिष्पर्धी रावललाई प्रस्ताव गरेका थिए । तर रावलले अस्वीकार गरेका थिए । त्यसबाहेकका सबै नेताहरु विजयी भएका छन् । 

नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

Global Ime bank

उनले १९७६ मत प्राप्त गरेकी छन् भने सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ र घनश्याम भुसालले ७२५ मत मात्र प्राप्त गरेका छन् ।

नेकपा एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । उनीहरुबाहेक गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ निर्वाचित भएका छन् ।

विष्टले १९७६ मत ल्याएको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १७०४, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याएका छन् ।
आचार्यले १३०० मत ल्याएका छन् भने कार्कीले ५०० मत प्राप्त गरेको स्रोतले जानकारी दियो ।

यी नामहरु भने ओलीले त्यसअघि नै सर्वसम्मतिको स्वीकृतिका लागि हलमा प्रस्ताव गरेका थिए ।

एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले अध्यक्ष ओलीले नै हलमा प्रस्ताव गरेको टिम विजयी भएको जानकारी गराइन् ।
त्यसबेला नेता घनश्याम भुसालले आफूहरुलाई हार्न दिनुपर्ने भन्दै भावुक बनेपछि निर्वाचनमा गएको थियो ।

निर्वाचनमा पनि ओलीले नै प्रस्ताव गरेको टिम आएको रावलको टिप्पणी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement