site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालापानी, लिपुलेक र लिम्पियाधुरामा हुन सकेन जनगणना
Sarbottam CementSarbottam Cement

काठमाडौं । १२औँ संस्करणको राष्ट्रिय जनगणना सङ्कलन गर्ने कार्य सकिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने जनगणना हुन सकेन ।

कात्तिक २५ गतेदेखि जनगणना गर्ने कार्य गरिएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सफलता पूर्व जनगणना कार्य सम्पन्न भएको बताए । “छिटपुटबाहेक हामीले लक्ष्य राखेअनुसार नै जनगणना सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान ७ बजेदेखि राति ८ बजेसम्म पनि केही घरमा कोही पनि नभएकाले केही घरपरिवार जनगणनामा छुटेको उनले बताए । आज रातिसम्म त्यस्ता छुटेको घरमा पनि तथ्याङ्क संकलन गरिने उनले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जान नदिएपछि सो क्षेत्रमा भने जनगणना हुन नसकेको उनले बताए । “भू–भाग हाम्रो हुँदा हुँदै पनि भारतले प्रवेश नै गर्न दिएन । जसका कारण सो क्षेत्रमा जनगणना गर्न सकिएन,” उनले भने ।

Global Ime bank

भारतको बाटो हुँदै सहज रुपमा जान सकिने टिङ्कर र छाङ्रू गाउँमा पनि भारतले जान नदिएको उनले बताए । तर, अप्ठ्यारो बाँटो भएपनि ती गाउँमा गएर गणकले जनगणना गरेको उनले बताए । उनकाअनुसार ती गाउँ कालापानी, लिपुलेक नजिकै छन् ।

पहिलो चरणमा गरिएकको सङ्कलित सूचीकरण अनुसार नै जनगणना भएको उनले बताए । जनगणनाका लागि विभागले ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ । राष्ट्रिय जनगणनाका लागि देशभर ४० हजार गणक परिचालन गरिएको थियो भने आठ हजार ५०० सुपरीवेक्षक सहभागी थिए ।

विभागले शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणना कार्यबारे विस्तृत जानकारी दिने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement