site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

बाढीले अरू १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाढीले विशेष गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पुर्‍याएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सातवटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । खोजी तथा उद्धारकार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ ।

Global Ime bank

उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय