काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनको तेस्रो चरणको आन्दोलन सकिँदा समेत राजीनामा नदिएपछि चौथो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिएको छ ।
नेपाल बारले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिँदै छ । चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाल बारका पदाधिकारी आकस्मिक बैठकमा बस्दै छन् ।
बारको कार्यसमितिसँगै सल्लाहकार र सर्वोच्च बारको कार्यसमितिसहित सल्लाकारको बैठक बस्न लागेको बताइएको छ । बारका एक पदाधिकारीका अनुसार अहिले दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
चौथो चरणको आन्दोलनमा कानुन व्यवसायीहरूले सडकमा निस्कने तयारी गरेका छन् । यस्तै, देशभरका उच्च अदालतमा केही दिनपछि बृहत् सभा गर्ने नेपाल बारको तयारी छ ।