site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूमि आयोगमा थपिए चार सदस्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं छन् । 

विज्ञ सदस्यका रूपमा थपिएका सदस्यहरूमा कृषि विज्ञ भनेर थपिएका खनाल अखिल नेपाल किसान संघका सचिव हुन् । कानुन विज्ञको कोटामा सिफारिस यादव कानुनका विद्यार्थी हुन् भने नापी विज्ञका रूपमा सिफारिस भएका साह नापी विभागका पूर्व कर्मचारी हुन् । यस्तै, भूमि व्यवस्था विज्ञ भनी सिफारिस भएका हुमागाईं मालपोतका पूर्व कर्मचारी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगमा अब दुई सदस्यको मात्र कोटा खाली छ ।

Global Ime bank

शपथ खुवाएपछि अध्यक्ष निरौलाले आयोगले करिब पूर्णता पाएको भन्दै अब तीव्र गतिमा काम अघि बढाउने बताए । 

“अहिलेसम्म आन्तरिक तयारी र समीक्षा गरेका छौँ । अब लगभग आयोगले पूर्णता पाएको छ,” अध्यक्ष निरौलाले भने, “केही दिनभित्रै कार्ययोजना प्रस्तुत गर्छौं । एकदुई हप्ताभित्रै कार्यविधि तयार पारेर मंसिरभित्रै कामका लागि बाहिर निस्कन्छौँ ।” 

उनले आयोगको प्राथमिकतामा भूमिहीन दलित र सुकुम्वासी रहने भन्दै उनीहरूका समस्या समाधान गरेरमात्र अन्य विषयतिर ध्यान दिने बताए । 

“पहिलो प्राथमिकता भूमिहीन दलित र सुकुम्वासीका समस्या समाधानमा रहन्छ,” निरौलाले भने, “त्यसपछि अव्यवस्थित बसोबास व्यवस्थापनमा लाग्नेछौँ ।” 

अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि सरकाले निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो । 

अब यही आयोगले देशव्यापी रूपमा आयोगका शाखाहरू गठन गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !