site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रसुवामा हाइ अल्टिच्युड माउन्टेन बाइक च्यालेन्ज हुने 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रसुवामा प्रथम संस्करणको हाइ अल्टिच्युड रसुवा माउण्टेन बाइक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद, वाग्मती प्रदेश र जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा मंसिर १८ गतेबाट प्रतियोगिता हुने भएको हो ।
 
साहसिक खेलमा युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषदले वर्षको दोस्रो कार्यक्रममा साइक्लिङ गर्ने भएको हो । प्रतियोगितामा १५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
 
प्रतियोगिता रसुवाको कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई ३५ किलोमिटर पार गरेर कालिका हिमालय क्याम्पसमा आएर पूरा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर विधामा तथा महिलातर्फ इलिट विधामा प्रतिस्पर्धा हुने जिल्ला साइक्लिङ संघ रसुवाका अध्यक्ष दावा तामाङले बताए ।
 
त्यस्तै प्रतियोगितामा इलिटतर्फ प्रथमदेखि उत्कृष्ट १० जनाले ४० हजारदेखि क्रमशः एक हजारसम्म पुरस्कार पाउने छन् । त्यस्तै मास्टर र जुनियरतर्फ प्रथमदेखि तृतियसम्म हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार पुरस्कार पाउनेछन् । 
प्रतियोगितामा सहभागिता जनाउनलाई नेपाल साइक्लिङ संघको फेसबुक पेजमार्फत मंसिर १० गतेसम्म अनलाई फारम भर्नुु पर्नेछ । प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सचिव सूर्यलाल भण्डारीले साहसिक खेलहरु गर्ने कार्यक्रम अन्तर्गत यो प्रतियोगिताले पनि खेलाडीमा साहसिक खेलको अनुभव हुने बताए । 

“साहसिक खेलकुदमा खेलाडीहरुको रुचि बढाउन यो प्रतियोगिताको आयोजना गरिएको हो । यसले खेलाडीहरुमा साहसिक खेल खेल्ने अनुभव पनि हुनेछ,” भण्डारीले भने । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय