site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुरक्षा समिति बैठक : मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्रीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुनसक्ने अपराधिक घटनाहरूलाई रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।

बैठकले चाडबाडका बेला भिडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पनि भिडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको र अब कोरोनालाई बढ्न नदिन सबै सुरक्षा अंगहरूले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए । स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने विषयमा नै छलफल केन्द्रित भएको उनको भनाइ छ ।

बैठकमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC