site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पहिलो जितको खोजीमा बंगलादेश र वेष्ट इन्डिज
SkywellSkywell

काठमाडौं । साविक विजेता वेष्ट इन्डिज र बंगलादेश यूएई ओमानमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा पहिलो जितको खोजीमा छ । पहिलो दुई खेलमा पराजित भएपछि उपाधि रक्षाको अभियानमा होमिएको वेष्ट इन्डिजलाई ठूलो धक्का लागेको छ । समूह एकमा वेष्ट इन्डिज पुछारमा छ । बंगलादेश वेष्ट इन्डिजभन्दा एक स्थान माथि छ । बंगलादेशले सुपर–१२ मा पहिलो दुई खेल हारिसकेको छ । तथापी रनरेटका आधारमा बंगलादेशले वेष्ट इन्डिजलाई पछि पारेको हो ।

अबको हारले प्रतियोगितामा दुबै टोलीको यात्रा समाप्त हुनसक्छ । किनकी दुई समूहबाट शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउनेछन् । एक समूहमा ६ टोली छन् । त्यसैले वेष्ट इन्डिज र बंगलादेशका लागि आज ‘गर या मर’को खेल हुनेछ ।

Dabur Nepal
NIC Asia

वेष्ट इन्डिज इङ्ल्यान्डविरुद्धको खेलमा ५५ रनमा अलआउट भएको थियो । उक्त खेलमा वेष्ट इन्डिज ६ विकेटले हारेको थियो । दोस्रो खेलमा वेष्ट इन्डिज दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको थियो ।
 
वेष्टका ब्याट्सम्यान स्पिनरविरुद्ध खेल्न संघर्ष गरिरहेका छन् । त्यसकारण बंगलादेशविरुद्ध पनि वेष्ट इन्डिजलाई स्पिनर अवरोध बन्न सक्छ । बंगलादेशसँग उत्कृष्ट स्पिन बलर छन् ।
 
तर, बंगलादेश आफैं पनि यूएईमा लय भेट्टाउन संघर्ष गरिरहेको छ । पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले हारेको बंगलादेश दोस्रो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

ट्वान्टी–२० क्रिकेटमा बंगलादेश र वेष्ट इन्डिज १२ पटक आमनेसामने भएका छन् । बंगलादेशले पाँच पटक जितेको छ भने वेष्ट इन्डिजले ६ पटक जितेको छ । 

ओबेड म्याककेए घाइते भएपछि वेष्ट इन्डिजले उनको स्थानमा जसोन होल्डरलाई टिममा समावेस गरेको छ । भर्खरै सम्पन्न आईपीएलमा होल्डर राम्रो प्रदर्शन गरेका थिए । लेन्डल सिमोन्सले दक्षिण अफ्रिकाविरुद्ध राम्रो खेल्न सकेनन् । त्यसकारण वेष्ट इन्डिजले उनको स्थानमा क्रिस गेललाई ओपनरको रुपमा ल्याउन सक्छ ।

वेष्ट इन्डिजको सम्भावित टिम
इभिन लेविस, क्रिस गेल, रोष्टन चेज, निकोलस पुरन (विकेटकिपर), किरोन पोलार्ड (कप्तान), आन्द्रे रसेल, सिमरोन हेडमायर, ड्वानी ब्राभो, हेडेन वाल्श, एकील होसेन, रबी रामपाल ।

बंगलादेशको सम्भावित टिम
मोहम्मद नाइम, लिटोन दास, शाकिब अल हसन, मुश्फिकर रहिम, महमुदुल्लाह (कप्तान), अफिफ होसैन, नुरुल हसन (विकेटकिपर), महेदी हसन, नासुम अहमद, तास्किन अहमद, मुस्तफिजुर रहमान ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro