देश
काठमाडौं । ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमा निमोनिया देखिएको छ ।
सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।
मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. बस्नेतले बताए । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८ ११:४५
प्रतिक्रिया दिनुहोस्