site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एल क्लासिकोमा रियाल विजयी, शीर्ष स्थानमा उक्लियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । डेबिड अलाबा र लुकास भाजक्वेजको गोलमा रियाल मड्रिडले जारी सिजनको पहिलो ‘एल क्लासिको’मा  २–१ को विजय हासिल गरेको छ । 

२००४ यता लियोनल मेसी र सर्जियो रामोसविनाको यो पहिलो एल क्लासिको थियो । रियालका रक्षक रामोस र बार्सिलोनाका स्टार मेसी अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रियालले ३२औँ मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो । अलाबाले रोड्रिगोको पासलाई नियन्त्रणमा लिँदै बायाँ खुट्टाले हानेको सशक्त प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले बचाउन सकेनन् । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखबाट रियाल आएका अलाबाको यो पहिलो गोल हो ।

सात मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा भाजक्वेजले रियालको अग्रता दोब्बर बनाए । अन्तिम मिनेटमा वैकल्पिक खेलाडी अग्विरोले गोल गरे पनि बार्सिलोनाका लागि पुनरागमन गर्ने समय थिएन । यससँगै बार्सिलोना घरेलु मैदानमा स्तब्ध भयो । सिटीबाट यसै सिजन बार्सिलोनासँग अनुबन्ध भएका अग्विरोको पनि यो पहिलो गोल हो । उनी ७४औँ मिनेटमा अंशु फातीको स्थानमा मैदान छिरेका थिए । 

Global Ime bank

जितसँगै रियाल ९ खेलबाट २० अङ्क जोड्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान २० अङ्क जोडेको सेभिया दोस्रो स्थानमा छ । पराजित बार्सिलोना १५ अंकका साथ आठौँ स्थानमा छ । 

आजै सम्पन्न खेलमा सेभियाले लेभान्टेलाई ५–३ ले हराएको थियो । लेभान्टे पाँच अङ्कका साथ रेलिगेसन क्षेत्रमा छ । त्यस्तै सातौँ स्थानको एथलेटिक बिल्बाओले भिल्लारियाललाई २–१ ले हरायो । भिल्लारियाल १३औँ स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !