site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवालाई पौडेलको कटाक्ष– सुदूरपश्चिममा परिवर्तन सम्भव छ !
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई कटाक्ष ट्विट गरेका छन् ।

शुक्रबार पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो । डडेलधुराले सन्देश दिइसक्यो !”

Agni Group
NIC Asia

बाजुरा कांग्रेस जिल्ला सभापतिमा रामसिंह रावल विजय भएसँगै पौडेलको व्यंग्यात्मक ट्विट आएको हो । पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेको गृहजिल्ला बाजुरामा रावल विजयी भएका हुन् । रावल पौडेलनिकट हुन् ।

रावलले जिल्लाको सातौँ अधिवेशनबाट सभापतिमा ३९ मतान्तरले जित हासिल गरेका हुन् । उनले देउवानिकट कविराज पण्डितलाइ पराजित गरे । रावलले ६०५ मत ल्याए ।

Global Ime bank

पहिलो चरणमा निर्वाचनको मत परिणाम आउन नसक्दा दोस्रो चरणमा रावल विजयी भएका हुन् । उनलाई पहिलो चरणका सभापति उमेदवार चक्रबहादुर शाहले सहयोग गरेका थिए ।

ट्विटमार्फत पौडेलले डडेलधुराको विषय पनि उठाएका छन् । डडेलधुरा सभापति देउवाको गृहजिल्ला हो । त्यहाँ भएको वडा तहकै अधिवेशन पुनः गर्नुपर्ने मग भइरहेको छ । नेता तथा कार्यकर्ताहरू ११ दिनसम्म अनशन बसेका थिए । जिल्ला सभापति कर्ण मल्ल नै वडा अधिवेशनको विपक्षमा छन् ।

डडेलधुरामा केही दिन पौडेल समूहले विरोध कार्यक्रम नै आयोजना गरेको थियो । अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गुरु घिमिरेलगायत केन्द्रीय नेताहरू त्यहाँ पुगेर कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसैले पनि सुदूरपश्चिममा विगतमा एकलौटी वर्चस्व रहेका केन्द्रीय सभापति देउवाको पकड गुम्दै गएको भान पौडेललाई भएको उनको ट्विटले संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu